Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बुधबार नेप्सेमा २.९० अंकको गिरावट

बुधबार नेप्सेमा २.९० अंकको गिरावट

काठमाडौं, १४ कात्तिक । मंगलबार लगानी ७ अंकले बढी कर्ताहरुलाई केही आसा देखाएको शेयर बजारमा बुधबार २.९० अंकको गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से २.९० अंकले घटेर १,२२१.४६ अंकमा बन्द भएको छ ।

बुधबार नेप्सेमा कुल १६४ कम्पनीहरुको ६,८६,११५ कित्ता शेयर खरिद बिक्री हुदाँ १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । बुधबार उत्पादन तथा प्रसोधन समुह ३०.५७ अंकले, निर्जीवन बीमा समुह ३०.०३ अंकले र अन्य समुह ३.०१ अंकले बढेका छन् । भने बैंकिङ्ग, होटल, विकास बैंक, हाईड्रोपावर, फाईनान्स्, लघुवित्त र जीवन बीमा समुहको परिसुचक ओरालो लागेको छ ।

यसैगरि बुधबार सबै भन्दा बढी कारोबार प्रभु बैकको भएको छ । जसको आज ९० लाख भन्दा बढीको शेयर खरिद बिक्री भएको छ । बुधबार सबै भन्दा बढी कमाउनेमा नेपाल सेवा लघुवित्तका लगानीकत्र्ताहरु रहेका छन् भने सबै भन्दा बढी गुमाउनेमा छ्याङदी हाईड्रोपावर कम्पनीका लगानीकत्र्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x