Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आयल निगम १५ दिनमा १ अर्ब ४ करोड घाटामा, छठ पछि पेट्रोलियम पदार्थको भाउ बढ्ने निश्चित

आयल निगम १५ दिनमा १ अर्ब ४ करोड घाटामा, छठ पछि पेट्रोलियम पदार्थको भाउ बढ्ने निश्चित

दिलु कार्की

 

काठमाडौ १४ कात्तिक । कुनै बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनेबित्तिकै काठमाडौंका सहरमा विरोध जुलुस निस्कने गर्थे । धेरै समयसम्म सरकारले अबौं रुपैयाँ अनुदान दिएर पनि कृत्रिमरूपमा पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गरेको थियो । पछि ‘स्वचालित मूल्य नीति‘ अपनाइएको भन्दै सरकारले निगमलाई मूल्य बढाउन अपेक्षाकृत स्वतान्त्रता दिएको थियो । अहिले त्यही स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य समायोजन गर्ने कार्य भइरहेको दाबी गरिएको छ ।

तर, अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बेलामा पनि नेपालमा भने मूल्य बढ्ने गरेको छ । त्यसो त स्वचालित मूल्यमा अहिले केहि दिन देखि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तिहार र छठ सम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिए संगै अहिले मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए । निगमका प्रवक्ता गोईत भन्छन् “मन्त्री ज्युबाट छठ सम्म पेट्रोलियम पदार्थको मुल्य नबढाउने निर्देशन छ, हामीले सोही अनुसार मुल्य बढाएका छैनौँ, तर अक्टोबर १६ तरिखबाट मात्र आज सम्म अर्बौको घाटा खेपेको छ निगमले भारतमा मुल्य घटेपनि नेपालमा हामीले घटाउन सम्भाव छैन । बरु छठ पछि आईओसीमा बढेको मुल्य नेपालमा समायोजन गछौँ ” । उनका अनुसार मुल्य समायोजन गर्दा अवश्य नेपालमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुन्छ तर कति मुल्य वृद्धि हुने भन्ने सन्चालक समितीले निर्धारण गर्ने बताए । सोही अनुरुप आयल निगमले पनि इन्डियन आयल कर्पोरेसनले मुल्य बढाउदा पनि नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढाएको छैन् । तर मंगलबार देखि भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ ।

भारतमा पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपालमा नबढाएको निगमले भाउ घट्दा समेत मुल्य समायोजन नगर्ने भएको छ । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएकाले भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको हो । तर मूल्य बढ्दा समायोजन नगरेकोले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि आयल निगमले भाउ नघटाउने जानकारी दिएको छ । आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले चाडपर्वमा मूल्य समायोजन नगर्दा निगम १५ दिनमा नै १ अर्ब ४ करोड रुपैयाँ घाटामा गएकोले तत्काल मूल्य समायोजन नहुने भएकाले भाउ नघट्ने बताए ।

उनका अनुसार निगमले हाल पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ५० पैसा, डिजेलमा ९ रुपैयाँ ३२ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ४ सय ४ रुपैयाँ घाटामा बितरण गरिरहेको छ । मंगलबार देखी भारतिय बजारमा पेट्रोलियम पदार्थको मुल्य २१ पैसा सम्म घटेको छ । हाल नेपालमा भन्दा भारतमा पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ ७ पैसा र डिजेलमा २४ रुपैयाँ २ पैसा बढी रहेको जानकारी निगमले दिएको छ ।

भारतमा मुल्य वृद्धि हुदाँ नेपालमा मुल्य समायोजन गर्ने नपाएको निगमले १५ दिनमा नै १ अर्ब भन्दा बढी र मासिक २ अर्ब रुपैयाँ घाटा भएको दावी गरेको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । निगमले १ देखि १५ तारिखसम्मको मूल्यको आधारमा औसत मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले हरेक ७ तारिख र २३ तारिखमा पैसा बुझाउने गर्छ । आइओसीले पठाउने मूल्यसूचीमा निगमले कर, ढुवानी, प्रशासनिक खर्च, विभिन्न शुल्क, बिमा, नाफालगायत जोडेर नेपालमा मूल्य निर्धारण गर्छ ।

अहिले प्रत्येक १५–१५ दिनमा आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ । निगमले सोही मूल्यसूचीका आधारमा नेपालमा नयाँ मूल्य निर्धारण गर्दै आएको छ । नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन काय्र्विधि २०७१’अनुसार पाक्षिक रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजनको प्रयत्न गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x