Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उत्पादन र निर्माण क्षेत्रमा सबैभन्दा बढी कर्जा

उत्पादन  र निर्माण क्षेत्रमा सबैभन्दा बढी कर्जा

काठमाडौं, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उत्पादनमूलक र निर्माण क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुको सबैभन्दा बढी ऋण परिचालन भएको जनाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दुई महिनाको आर्थिक स्थिति अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ७४ अर्ब ५० अर्ब रुपैँया कर्जा प्रवाह भएकोमा उत्पादनमूलक क्षेत्रमा १९ अर्ब २५ करोड रुपैँया कर्जा प्रवाह भएको छ भने निर्माण क्षेत्रमा १६ अर्ब ४२ करोड रुपैँया कर्जा लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, धातुका उत्पादन मेसिनरी र विद्युतीय औजारको उत्पादनतर्फ कर्जा लगानी बढ्न सकेको छैन ।
त्यस्तै, उपभोग्य कर्जा र बैंक, वित्तिय संस्था तथा बीमातर्फ प्रवाह हुने कर्जामा समेत कमी आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पहिलो दुई महिनामा कृषि क्षेत्रमा १५ अर्ब ७० करोड रुपैँया कर्जा प्रवाह भएको छ ।
त्यस्तै, खानीतर्फ ८१ करोड ४९ लाख रुपैँया कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकका अनुसार, सवारी साधनका पाटपूर्जा तथा फिटिङमा ३ अर्ब ४३ करोड रुपैँया कर्जा प्रवाह भएको छ । यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फ ३ अर्ब ६८ करोड रुपैँया कर्जा लगानी भएको छ । त्यस्तै थोक तथा खुद्रा व्यापारतर्फ १२ अर्ब ९४ करोड रुपैँया कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, सेवा उद्योगतर्फ ८ अर्ब २० करोड रुपैँया कर्जा लगानी भएको छ ।
स्थानीय सरकारमा जाने ऋणमा ३९ लाख र अन्य क्षेत्रमा ३ अर्ब ६५ करोड रुपैँया कर्जा प्रवाह भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x