Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

होङगी शिवम सिमेन्टमा अझै पुगेन विद्युत, राज्यले दायित्व पुरा नगरेको व्यवस्थापनको गुनासो

होङगी शिवम सिमेन्टमा अझै पुगेन विद्युत, राज्यले दायित्व पुरा नगरेको व्यवस्थापनको गुनासो

काठमाडौं, १५ कात्तिक । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योग होङसी शिवम् सिमेन्ट व्यस्थापनले सरकारले सडक विस्तार र विद्युतको व्यवस्थामा प्रतिवद्धता अनुसार काम नगरेको गुनासो गरेका छन् ।

सरकारले २४ महिना भित्र बिद्युत आपूर्ति गरिदिन प्रतिवद्धता जनाए पनि पुरा नगरेको होङसी शिवम्का नायव महाप्रबन्धक गौरव गोयलले बताए । त्यस्तै राजमार्ग देखि उद्योग स्थापना भएको स्थान सम्म सडक विस्तारका लागि पनि सघाउने प्रतिवद्धा गरेपनि कुनै सहयोग नगरेको उनले बताए । अहिले उद्योग आफैले १२ किलोमिटर सडक निर्माण गरेको छ ।

नायव महाप्रबन्धक गोयलका अनुसार उद्योग पूर्णरुपमा संचालनका लागि ८० मेगावाट विद्युत आवश्यक पर्छ, भने तत्कालका लागि ५० मेगावाट जरुरी रहेको छ । तर प्रशारण लाइनको अभावमा उद्योग आफै विद्युत उत्पादन गर्नुपरेको र त्यसले लागत बढ्न जाने उनले बताए । ‘हामी राज्यले आफ्नो दायित्व पुरा गरोस् भन्ने प्रतिक्षामा छौं, उनले भने–२४ महिना भित्र विद्युतको व्यवस्थापन गरिदिन्छौ भनेकोमा २७ महिना नाघिसक्यो, अव कति कुर्नुपर्ने हो ?’

गत जेठ देखि उद्योगले व्यवसायी उत्पादन सुरु गरे हो । ३६ अर्व रुपैयाँको लागतमा निर्माण भएको यस उद्योगले पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले जनाएको छ ।

७० प्रतिशत चिनियाँ र ३० प्रतिशत नेपाली लगानीमा स्थापित यस उद्योगमा ३६ अर्व रुपैयाँ लगानी रहेको छ। उद्योग पूर्ण रुपमा संचालनमा आएपछि एक हजार बढीले रोजगारी पाउने कम्पनीले जनाएको छ ।

उद्योग स्थापनका लागि १५० हेक्टर सार्वजनीक र १४७ नीजि जग्गा अधिग्रहण गरिएको छ । उत्पादन र लागत दुबै हिसावले यो नेपालकै सबैभन्दा ठुलो सिमेन्ट उद्योग हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x