Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

लतिलपुरको जावलाखेलमा १२ औँ पुष्प मेला शुरु

लतिलपुरको जावलाखेलमा १२ औँ पुष्प मेला शुरु

काठमाडौं, १५ कात्तिक । रोपेर फुल गोदावरी, सजाऔँ आँगन वरीपरी भन्ने नाराका साथ लतिलपुरको जावलाखेलमा १२ औँ पुष्प मेला शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा बिहिबार देखी शुरु भएको सो मेला ४ दिन सम्म संचालन हुनेछ ।

तिहार लक्षित गरि आयोजना गरिएको उक्त मेलामा ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको एशोसिएसन अध्यक्ष कुमार कसजुले बताएका छन् । पुष्प मेलाले आन्तरीक उत्पादन र बजारलाई प्रवद्धन गर्न सहयोग पुग्नुका साथै पुष्प व्यवसायमा लाग्न युवाहरु प्रेरित हुने विश्वास अध्यक्ष कसजुको छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहेका छन्। ३६ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ प्रजाति भन्दा बढीको फुल, बिरुवा प्रदर्शनी र बिक्री बितरणमा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x