Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

उच्च आर्थिक वृद्धिका लागि निजी क्षेत्रको सहवद्धतामा लगानी प्रवर्द्धन, आगामी तीन वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत

उच्च आर्थिक वृद्धिका लागि निजी क्षेत्रको सहवद्धतामा लगानी प्रवर्द्धन, आगामी तीन वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत

काठमाडौं, १६ कार्तिक । मध्यम आय हुने देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको सहवद्धतामा लगानी प्रवद्र्धन आवश्यक रहेको विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा उल्लेख छ । सरकारले सन् २०२१ सम्म लगानीमा १० प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ । यो रेमिट्यान्सले बढावा दिएको उपभोगमा आधारित आर्थिक वृद्धिदरभन्दा फरक र उत्पादक क्षेत्रले नेतृत्व गरेको हुनेछ, डेभलमपेन्ट अपडेटमा भनिएको छ ।

सन् २०१८ मा कम अनकूल मनसुन र अर्थतन्त्रमा केही प्रतिकूलताको बाबजूद पनि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रह्यो । विश्व बैंकको आज सार्वजनिक प्रतिवेदनले आर्थिक वृद्धिदरलाई अघि बढाउन लगानीको योगदान बढाउने सम्बन्धमा चर्चा गरेको छ । नेपाल डेभलपमेन्ट अपडेटले आगामी तीन वर्ष नेपालको आर्थिक वृद्धिदर औसत ६ प्रतिशत रहने अनुमान गरेको छ भने मूल्य वृद्धिदर (मुद्रास्फिति) ५ प्रतिशत तल रहने अनुमान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x