Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१२१२ रुपैयाँमा भयो साना किसानको मुल्य समायोजन

१२१२ रुपैयाँमा भयो साना किसानको मुल्य समायोजन

काठमाडौं, १० मंसिर । साना किसान विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयरलाई प्रति कित्ता १२१२ रुपैयाँ मुल्य समायोजन गरेको छ । बैैंकले २५ प्रतिशत बोनस शेयर दिने भए पछि नेप्सेले शेयरको मुल्य समायोजन गरेको हो । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ११३२ रुपैयाँ रहेको छ ।

साना किसान विकास बैंकको १६औं वार्षिक साधारण सभा मंसिर २९ गते बोलाइएको छ । बैंकको बुक क्लोज मंसिर ८ देखी २९ गतेसम्म रहेको छ । बैंकले साधारण सभामार्फत शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्नेछ ।

२५ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख रुपैयाँबाट बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x