Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सेयर बजार १३ अंकले घट्यो, कारोबार भने ५६ करोड भन्दा बढी

सेयर बजार १३ अंकले घट्यो, कारोबार भने ५६ करोड भन्दा बढी

काठमाडौं, १८ कात्तिक । पछिल्लो समय क्रमश घटिरहेको सेयर बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ । बजार १३.७० अंकले घटेर १२०७.२८ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूहको परिसूचक ४.२३ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ८७.५२ अंकले घटेको छ । त्यस्तै नीर्जिवन बीमा समूहको परिसूचक ६५.३०, बैंकिङ १७.१९, उत्पादन तथा प्रशोधन १५.२३ र हाइड्रोपावर समूहको परिसूचक १०.१८ अंकले घटेको छ ।

बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । १ सय ५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा माच्छापुच्छ्रे बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको । समता माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *