स्पर्स लघुवित्त छिट्टै आइपिओमा जादैँ

काठमाडौं, १९ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाकोे दोस्रो वार्षिक साधारण सभाले जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

साथै, साधारण सभाले प्रस्तावित जारी पुँजी रु.८ करोड २९ लाख ६३ हजारको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख ६३ हजार बराबरको २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर सर्वसधारणलाई जारी गर्न सर्वसम्मतिले पारित गरेको छ । सोहि साधरणसभाले प्रबन्धपत्र तथा निमयावलीमा संसोधन तथा थप ५ जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२ सय सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको र करीब ९ करोड बचत संकलन गरेको कुरा प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई शेयर जारी गरे पश्चात चुक्तापुँजी ८ करोड २९ लाख रुपैयाँ पुग्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *