Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

सेयर बजारमा ११ अंकको बृद्धि, भोली देखि अनलाईन कारोबार सुरु हुने

सेयर बजारमा ११ अंकको बृद्धि, भोली देखि अनलाईन कारोबार सुरु हुने

काठमाडौं, १९ कात्तिक । पछिल्ला केही साता देखि निरन्तर ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ । आज नेपाल स्टक एक्स चेन्ज नेप्सेमा ११.९२ अंकले वृद्धि भएर १२ सय १९ दशमलव २० बिन्दुमा बन्द भयो ।

तिहारको पहिलो दिन र भोली देखी अनलाईन कारोबार सुरु हुने उत्साह सेयर बजारका लगानीकर्ताहरुमा देखिएको विश्लेषण गरिएको छ । कारोबार भएका कुल १ सय ५५ कम्पनीको ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिद बिक्री हँुदा २४ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबै भन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको आज ४ करोड १७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यसैगरि नेप्सेमा सुचिकृत सबै समुहको परिसुचक बढेको छ । सबै भन्दा बढी निर्जीवनबीमा समुह ८७.४५ अंकले बढेको छ भने सबै भन्दा कम उत्पादन तथा प्रसोधन समूह ०.७ अंकले बढेको छ ।

आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले धेरै कमाएका छन् । संस्थाको सेयर मुल्य ६ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा सृर्जना फाईनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । यो संस्थाको सेयर मुल्य १.८६५७ प्रतिशतले घटेको छ ।
सेयर लगानीकर्ताहरुको लागि लामो समय देखि प्रतिक्षामा रहेका अनलाईन प्रणाली नेप्सेले मंगलबार देखि औपचारीक रुपमा संचालनमा ल्याउने जनाएको छ । जसको प्रभाव आजको बजारमा पनि देखिएको जानकारहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x