Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआइसी एशिया बैंकको चमत्कारी बचत खाता योजना

एनआइसी एशिया बैंकको चमत्कारी बचत खाता योजना

काठमाडौं, १९ कात्तिक । एनआईसी एशिया बैंकले चमत्कारी बचत खाता संचालनमा ल्याएको छ । बैंकले यस अघि ल्याएको चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घर, जग्गाकर्जा योजनामा सेवाग्राहीको आर्कषणलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनीक गरेको बताइएको छ ।

दिपावलीको पावन अवसरमा संचालन गरिएको सो योजनामा न्युनतम १ हजार रुपैयाँ मौज्दातमा ७ % वार्षिक ब्याजदर सहित नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु राखिएको बैंकले जनाएको छ । बैंक हाल मुलुक भर २ सय ६५ शाखा कार्यालयहरु, २ सय ६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x