Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यसरी हुँदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग कालोपत्रे सहित अन्य पूर्वाधार निर्माणको काम (फोटो फिचर)

यसरी हुँदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग कालोपत्रे सहित अन्य पूर्वाधार निर्माणको काम (फोटो फिचर)

काठमाडौं, २० कात्तिक । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कामलाई तीब्रता दिइएको छ । तीन किलोमिटर चौडाईको धावनमार्ग कालोपत्रे गर्ने काम ६ महिना भित्र सक्ने निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

सन् २०१९ को जुन भित्र विमानस्थल निर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य आयोजनाले लिएको छ । यो विमानस्थलमा ठुलो आकारका पाँच वटा जहाज पार्किङ गर्न सक्ने छ । पार्किङ स्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे र कन्ट्रोल टावर लगायतका पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । यी पूर्वाधार निर्माणको काम चौविसै घण्टा भइरहेको र यही रफ्तारमा काम भए निर्धारित समयमै विमानस्थल निर्माणको काम सकिने प्रमुख अधिकारीले बताए ।

विमानस्थल निर्माण गर्न २०७१ कात्तिक २६ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रब्सन ग्रुपबीच सहमति भएको थियो । विमानस्थल निर्माण गर्न ६ अर्व २५ करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ । तर, जग्गा अधिग्रहण गर्न झन्डै २४ अर्व रुपैयाँ खर्च लाग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x