पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशनको अनुमति, हकप्रद निष्काशनमा भने कमि आएको बोर्डको भनाइ
काठमाडौं, २० कात्तिक । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । प्रथम त्रैमाससम्ममा २५ वटा संगठित संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० को अनुमतिका लागि बोर्डमा पेश गरेको निवेदन अनुमतिको प्रकृयामा रहेको मध्ये ३ वटा जलविद्युत कम्पनीहरु र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई आइपिओ निकाल्न अनुमति प्रदान गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १९ वटा संगठित संस्थाहरुको निवेदन आईपिओ अनुमतिको प्रकृयामा रहेका थिए । सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई १ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको थियो ।
आईपीओ अनुमतिको प्रकृयामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रकृयामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको र प्रकृयामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको जनाइएको छ । त्यस्तै १ वटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यस अवधिमा ७ वटा संगठित संस्थाहरुले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पूनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको छ । प्रकृयामा रहेका मध्ये गर्जाङ उपत्यका हाइड्रो पावर लि।, लाफिङ्ग बुद्ध पावर नेपाल लि। र यूनिक हाइडेल कं। लि।लाई आवश्यक कागजात तथा प्रकृया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि व्यतित हुँदा पनि कुनै प्रतिकृया प्राप्त भएको छैन ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । चालु वर्षको पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकोले हकप्रद शेयर निष्काशनमा कमी आएको बताइएको छ । प्रकृयामा रहेका मध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई १६ करोड ९० लाख रुपैयाँ रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । पेश गरिएका निवेदन मध्ये ६ वटा संस्थाको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” अध्ययन गरी आवश्यक सुधार गर्न राय सुझाव पठाइएको छ भने १ वटा संस्थाको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” पूनरावलोकनको प्रकृयामा रहेको छ । प्रकृयामा रहेको मध्ये अपि पावर कम्पनीले पेश गर्नुपर्ने अद्यावधिक विवरणहरु हाल सम्म प्राप्त भएको छैन । गत वर्षको सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको थियो ।
यस्तै, यस अवधिमा बोर्डले २ वटा संगठित संस्थालाई ३ अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ । गत आ।ब। को सोही अवधिमा ऋणपत्र निष्काशनको लागि कुनै पनि संगठित संस्थाले निवेदन पेश गरेका थिएनन् । त्यसैगरी बोर्डले १७ वटा संगठित संस्थाहरुको ५ अर्व ७६ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको छ जुन अघिल्लो आ।व। को सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८।८९ प्रतिशत तथा रकमको हिसाबले ५४३।५४ प्रतिशतले बढि हो ।