एभरेष्ट बैंकको निशूल्क स्वास्थ्य शिविर
काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंक लिमिटेडले निशूल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले सेवा संचालनको २४ औं वर्ष पुगेको अवसरमा नर्भिक अस्पतालसँगको सहकार्यमा प्रधान कार्यालय लाजिम्पाटमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
शिविरमा बैंकका ग्राहक, कर्मचारी र अन्य सर्वसाधारण सहित २ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा प्याथोलोजी, जेनरल सेवा, गाइनोलोजी लगायतको सेवा दिइएको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सेवामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।