Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कृषकहरुलाई बीमाको दायरामा ल्याउन लघुबीमामा अर्थमन्त्रीको जोड

कृषकहरुलाई बीमाको दायरामा ल्याउन लघुबीमामा अर्थमन्त्रीको जोड

“बैंक विस्तारको गतिसँगै बीमाको विस्तार अलिकति पछि भएको हो । त्यसैले बीमा बजारले आफ्नो गति पक्डिन सक्नुपर्छ । बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी भित्र्याउन छिटो गरेको भएपनि बीमा व्यवसायलाई खुला गर्न अलिकति समय लिएकै हौ । स्वदेशी पूँजी, स्वदेशी लगानी प्रबद्र्धन होस भनेर बीमामा प्रत्यक्ष विदशी लगानी भित्राउन केहि समय लिएका हौं । मुलुक भित्रको पूँजी परिचालन होस् भनेर र विदेशी पूँजी आउँदा पनि प्रत्यक्ष लगानीमा आओस भन्ने हाम्रो चाहना थियो । पछि सबसिडिरी शाखाको रुपमा आउने व्यवस्था बन्यो । भलै त्यो राम्रै भयो । नेकपालमा बीमा सेवाको पनेटेरेशन बढ्दै गयो ।अब अहलिे अंकमा त बताउनुभयो तर कभरेजमा कति मानिसहरु बीमाको दायरामा आउनुभएको छ, जीवन बीमाको दायरामा कति आउनुभयो भन्यो भने आजपनि १ अंकमा नै होला २ अंकमा चढेको छैन जस्तो लाग्छ मलाई । निर्जीवन बीमा व्यवसायजन्य रुपले आफै सृजना हुन्छ । बैंकलाई ऋण दिदा पनि बीमा गर्नुपर्ने, के गर्दा पनि बीमा गर्नुपर्ने, व्यक्तिगत ऋण लिदा पनि बीमा गर्नुपर्ने, कम्पनीहरुले भौतिक संरचना निर्माण गर्दापनि बीमा गर्नुपर्ने, आवास निर्माण गर्दा पनि बीमा गर्नुपर्ने हुँदा स्वतःस्फुर्त पाएको विजनेश चाँहि बढ्दै जाने र बीमो कारोबार बढेको देखिने तर जीवन बीमाहरु चाँहि जुन मानिसको जीवनसँग सम्बन्धित छ त्यो चाँहि त्यो गतिमा नबढ्ने । त्यो स्थिती एउटा हामीले अनुभव गरेको हो ।

अनि त्यससँग सम्बन्धित हाम्रा स्वास्थ्य बीमाका कार्यक्रमहरु पनि हामीले अघि बढाउन नसकेको । तर, हामी सबै नेपालीहरु कुनै न कुनै रुपमा स्वास्थ्य बीमाको दायराभित्र आउनुपर्छ भनेर हामीले भनेको हौं । र हामीले त्यसलाई पाँच वर्षपनि पर्खेको छैनौं । युनिभर्सल हेल्थ केयरको कन्सेप्ट अनुसार युनिभर्सल हेल्थ इन्सुरेन्सका कुराहरु हामी २ वर्षमा गर्छौ भनेर लागेका छौं । तपाइहरुको सहयोग पनि चाहिन्छ । त्यो भयो भने हामीले धेरै किसिमका बजार प्रणालीसँग असान्दर्भिक निशुल्क स्वास्थ्य सेवा दिनुपर्ने कुराहरुबाट हामीले उन्मुक्ति पाउँछौं । र बजार प्रणालीबाट स्वास्थ्य बीमा सेवालाई अघि बढाउन सक्छौं ।

जसले प्रिमियम तिर्न सक्दैन उनिहरुको प्रिमियम सरकारले तिरिदिन्छ, निशुल्क स्वास्थ्य बीमाको प्रिमियम सरकारले व्यहोरिदिएर निशुल्क स्वास्थ्य बीमा अघि बढाउने । जसले प्रिमियम तिर्न सक्न्छ उसले तिरेर नै बीमा गर्नुपर्छ । यो योगदानमा आधारित हुन्छ । गोगदान गर्न नसक्ने भए निशुल्क हुन्छ । त्यसैले स्वास्थ्य बीमाको दायरामा हामी अगाडि बढ्नु छ ।

अब सावधिक जीवन बीमामा पनि विभिन्न प्रकारका व्यवसाय पेशामा लागेकाहरुको आआफ्नै छ । जोखिमपूर्ण क्षेत्रमा हुने अनौपचारिक क्षेत्रका कामदाहरुदेखि लिएर अर्धऔपचारिक क्षेत्रका कामदारहरुसम्म सामाजिक सुरक्षामा ल्याउने कुरामा दुर्घटना बीमाहरु, सावधिक जीवन बीमाहरु महत्वपूर्ण हुन्छन् ।

कर्मचारीहरुलाई जीवन बीमाहको क्षेत्रमा ल्याउन र सुविधा बढाइदिन सरकारले आफैले गर्नुपर्ने योगदान बढाएर समेत यसपटकको बजेमा व्यवस्था गरिएको छ । अलिकटि व्यवसायको क्षेत्रमा अनौठो प्रकारका क्षेत्रहरु मतलब परम्परागत बीमा व्यवसायका लागि अनौठो प्रकारका कृषि, पशु, बाली बीमाहरु र ती बीमाहरुलाई मौसमको घटबढमा आधारित कृषिमा हुने नोक्सानीलाई बीमा गर्ने सम्बन्धमा पनि कुराहरु अघि बढि रहेको छ । यी सबै राम्रा कुराहरु हुन् ।

अधिकांश हामी व्यवसायहरुको आआफ्ना व्यवसायहरु सुरक्षित छन्, सबैभन्दा असुरक्षित चाँहि कृषकको व्यवसाय रहेको छ । न उसको उत्पादनको मुल्य सुरक्षित छ , न उसको उत्पादनको प्रक्रिया सुरक्षित छ, न लागत मुल्य नै सुरक्षित छ । र ती किसानहरु दुइ तिहाइ छन् मुलुकमा । ती किसानहरु बीमाको दायरमा नआउन्जेल हामीले जतिसुकै कभर गर्छौ बीमा व्यवसायमा भनेपनि दुइतिहाइ सधै बाहिर रहन्छ । यसै कारण लघुबीमालाई हामीले बढि जोड दिनुपरेको कारण पनि त्यही हो । लघु बीमालाई हामीले यस्तो प्राथमिक बीमाको रुपमा अघि बढाउन खोजेका छौं, तपाइहरुले छुट्टै सबसिडरीबाट लघुबीमा चलाउन चाहनुहुन्छ भने स्वागत छ भनेर मैले भनिसकेको छु । जसरी बैंकहरुले लघुवित्त छुट्टै सबसिडरी चलाउनुभएको छ लघुबीमा सबसिडरीमा तपाइहरु आउनुहोस् तपाइहरुलाई स्वागत छ । यसमा अघि जाने होर यसमा नै मुलुकको भविष्य छ । तपाइहरुको व्यवसायमा पनि विभेदिकरण हुन्छ । जोखिम विभिदिकरण हुन्छ । एउटा ठुलो कम्पनीमा अधिकांश जोखिम बहन गर्नुभन्दा हजारौं किसानहरुलाई तपाइहरुले जोखिम बाढ्नुभयो भने मुलुकमा ठुलो दुर्घटना नहुन्जेलसम्म एकैचोटि मार्केटफेल हुने भने पनि हुँदैन । मार्केट फेलले तपाइहरुलाई त असर गर्दैन ।कृषकहरुको आफ्नो अवस्था सुधार गर्न पनि मार्केट फेल र मार्केट सक्सिडले पनि असर पार्दछ । त्यसो हुनाले हामीले बढी जोड लघुबीमामा गर्न खोजेका छौं ।

सानातिना मझौला व्यवसायहरु जहाँ रोजगारी सृजना हुन्छ ति व्यवसायहरु पनि बीमामा सामेल भएमा फराकिलो र समावेशी आर्थिक विकासमा सहयोग पु¥याउने हुन्छ । वित्तीइ बजारमा बीमाको भूमिकालाइृ हामीले राम्रोसँग बुझेका छौं । तपाइहरु मार्केटमेकर पनि हुन सक्नुहुन्छ, तपाइहरु मार्केट प्लेयर पनि हुनसक्नुहुन्छ र तपाइहरुको सेयरको उतारचढाप पनि त्यसैले निर्धारण गर्ने हुँदा तपाइहरु मेजर प्लेयर त हुनुनै हुने भयो । तपाइहरुको पूँजी बढ्दै छ , संख्यात्मक वृद्धि हुदैछ त्यो आधारबाट तपाइहरु पूँजी बजारको अभिन्न अंग भएर अघि आउँदै हुनुहुन्छ । तपाइहरुले कमाएको नाफाबाट पूर्वाधार क्षेत्रमा खासगरी जलस्रोत अथवा शहरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनुभयो भने त्यो थप योगदान हुन्छ । त्यसले रोजगारी पनि सृजना हुन्छ ।मुलुक सम्वृद्धिको बाटोमा पनि अघि जान्छ।

सजिलो र छोटो बाटो बैंकमा पैसा राख्न नै हुन्छ । बैंकले त्यो पैसालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरे त राम्रो हुन्छ । तर, फेरि उहाँहरुले पनि गाडि नै आयात गर्न नै लगानी गरिरहनुभयो भने त बीमाको पैसा गाडि किन्नमा नै जान्छ । यता बीमाको कमाइ पनि गाडिमा नै उता बैंकको ऋण पनि गाडिमा नै गयो भने मुलुक गाडिमय हुन्छ अनि सडक बनाउने पैसा हामीसँग हुदैन । अनि हिमालय होटदबाट अन्नपूर्ण होटल जानुप¥यो भने २ घन्टा लाग्छ ।

सन्तुलित विकासको कुरामा सबै क्षेत्रको विकास भएन भने हामीले एकठाउँ पाएको उपलब्धी सुरक्षित हुँदैन । त्यो भौतिक पूर्वाधारमा लगानी गर्न अघि बढ्नका लागि पूँजी बजार परिचालन गर्नुपर्ने हुन्छ । त्यसको व्यवस्थित विकासमा बीमाका साथिहरुले पनि सह्योग गरिदिनुहुन्छ ।
पुनर बीमाको सम्बन्धमा कुरा गर्दा, यातायात सेवाको नाममा, बीमा सेवाको नाममा अथवा अरुप्रकारका सेवाको नाममा धेरै पैसा बाहिर जान्छ । त्यसैकारण हाम्रो चालु खाता घाटामा गइरहेको छ र हाम्रो भुक्तानी सन्तुलनमा चाप पर्छ । र हाम्रो राष्ट्रिय पूँजी निर्माण पनि हुदैन । त्यो राष्ट्रिय पूँजीको जग बलियो बनाउन र सेवा व्यवसाय आफैमा बचतमा राख्न र मुलुकको विदेशी मुद्रा संचिति बचत गर्न धेरै बीमाका रकमहरु मुलुकभित्रै पुनरबीमा गर्न सक्यौं भने त्यसले हामीलाई सुरक्षित गर्छ । ”

(नेपाल पुनरबीमा कम्पनीको पाँचौं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको मन्तव्यको सम्पादित अंश)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x