Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभावकारी पुनर्वितरणमा सरकार सजग छ: अर्थमन्त्री

प्रभावकारी पुनर्वितरणमा सरकार सजग छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले संकलन गरेको करको यथोचित पुनर्वितरण हुने बताएका छन् ।
झापाको बिर्तामोडमा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले शनिबार आयोजना गरेको व्याज अनुदान फिर्ता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताए । ‘यो भन्दा उत्तम पुनर्वितरण अरु केही हुन सक्दैन’, अर्थमन्त्रीले भने । ‘युवालाई बिदेश पलायन हुनबाट जोगाउन सरकाले लक्ष लिएको छ, सोही लक्ष पूरा गर्नकै लागि कर लिइएको हो, यो रकम जनताकै हातमा अनुदान आउँछ ।’

युवालाई अनुदान दिने रकम करबाट संकलन नगरे विदेशबाट ऋण लिनुपर्ने हुँदा देशलाई ऋणको भार नथप्न पनि सरकारले यस्तो रणनीति लिएको उनले बताए । ‘पहिले म गभर्नर भएको समयमा हाम्रै योजनाबाट युवा लक्षित स्वरोजगार कोष सुरु गरेका हौँ, अहिले यो योजनाले धेरै युवालाई व्यवसायी बनाएको छ, अब अझै धेरै युवालाई व्यवसायी बनाउन लघु कर्जा देखि लिएर विभिन्न कोष हामी खडा गर्दैछौँ,’ मन्त्री खतिवडाले भने ।

पहिले स्वरोजगार कोषको रकम दुरुपयोग भएको बताउँदै उनले धनिमानीले नै कोषको रकम कसरी लिन सकिन्छ भनेर सहकारी बनाएर अनुदान रकमको दुरुपयोग गरेको बताए । युवा साना व्यवसायी स्वरोजगार कोषको रकम अघिल्ला सरकारले आफन्तलाई बाँडेर दुरुपयोग गरेको उनको भनाई थियो ।
‘यो सरकारलाई राम्ररी थाहा छ, यसलाई कहाँबाट चुक्कुल लगाउने सोचेरै कर्जा सम्बन्धि विभिन्न नियम सरकारले ल्याउन लागेको छ,’ अर्थमन्त्री खतिवडाले भने ।

सहकारीलाई कर लगाउने नियम आयकर ऐनमा राख्नुपर्ने भए पनि अहिले सहकारी ऐनमा हुँदा केही समस्या भएकाले ऐन संसोधन गरी आयकरमा राख्ने तयारी भइरहेको समेत मन्त्री खतिवडाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x