Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्राइम र ओम बैंकलाई एक्जिसनका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

प्राइम र ओम बैंकलाई एक्जिसनका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम विभिन्न शर्तहरुको अधिनमा रहेर एक्विजिसन प्रक्रिया सम्पन्न गर्न सैद्धान्तिक सहमति दिएको हो ।

प्राइम र ओमले एक्विजिसनको सैद्धान्तिक सहमतिका लागि गत भदौ ४ गते केन्द्रीय बैंकमा निवेदन पेश गरेका थिए । अब सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष फेरि संयुक्त निवेदन पेश गर्नुपर्नेछ । अन्तिम स्वीकृतिका लागि दुवै संस्थाको एकीकृत पुँजी कोष राष्ट्र बैंकको निर्देशन अनुसार पर्याप्त हुनुपर्ने सर्त छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x