Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

धार्मिक पर्यटकीय केन्द्र पशुपति र लुम्बिनीलाई डब्लुबिआरको सम्मान

धार्मिक पर्यटकीय केन्द्र पशुपति र लुम्बिनीलाई डब्लुबिआरको सम्मान

काठमाडौं, २५ कात्तिक । वल्ड बुक अफ रेकर्ड (डब्लुबिआर) ले नेपालका प्रसिद्ध धार्मिक स्थल सहित व्यवसायीक संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बिश्वका हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथ, बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी सहित मौलिक पहिचानमा संचालनमा रहेका होटल र वित्तिय संस्थाहरुलाई पनि सम्मान गरिएको हो ।

होटल तर्फ द्धारिका होटलका संचालिका अम्बिका श्रेष्ठ र बैंक तर्फ हिमालयन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठलाई डब्लुबिआरले सम्मान गरेको हो ।

भारतीय जनता पार्टीका नेता कलराज मिश्र र डब्लुबिआरका अध्यक्ष विक्रम त्रिवेदीले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीलाई पशुपतिनाथ र लुम्बिनीको सम्मान पत्र प्रदान गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x