Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खस्यो

पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खस्यो

काठमाडौं, मंसीर ११ । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा औसत ६५ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी मत बाजुरामा खसेको छ । बाजुरामा ८० प्रतिशत मत खसेको प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले बताए । आयोगले मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा स्थानीय तहको भन्दा कम मत खसेको छ । धेरै युवाहरु देशबाहिर रहनु तथा चिसोका कारण हिमाली जिल्लाहरुमा मत खसाल्न आउनेहरु कम भएको हुनसक्ने आयोगको अनुमान छ ।
आयोगले मतदान गरिएका अधिकांश स्थानका मतपेटिका आइतबार नै जिल्ला सदरमुकाम पुर्याइएको तथा उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने बताएको छ ।
पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोट काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । बाँफीकोटस्थित काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मतपेटिकामा आगजनी गरेपछि प्रतिनिधिसभा प्रत्यतर्फको मतदान स्थगित भएको थियो । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुनेभएको हो ।
अर्कातिर उपल्लो डोल्पाका दुई वटा मतदान केन्द्र अझै सम्पर्कमा आउन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पहिलो चरणमा निर्वाचन भएका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटै निर्वाचन क्षेत्रमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x