Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई

गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई

काठमाडौं, ११ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको १४२औं बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई यहि मंसिर ११ गते सोमबार देखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त भएका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराई मिति २०७० साल माघ १ गते देखि नायब महाप्रबन्धक पदमा बढुवा भएको थियो । कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुख को जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरि सकेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका छन् ।

गुराँस लाइफले हाल ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन सेवा प्रदान गरि रहेको छ । यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत नेपाल राज्यभर बीमा सेवा पुर्याइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x