सनराइज बैंकले पौष ३ गते बोलायो वार्षिक साधारण

काठमाडौं, ११ मंसिर । सनराइज बैंकले पौष ३ गते १०औं वार्षिक साधारण सभा गर्ने भएको छ । संचालकहरुको चयनको विषयमा आएको विवादका कारण अदालतले बैंकको वार्षिक साधारण सभा स्थगन गरेको थियो । बैंकले यस अघि कार्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको थियो ।

बैंकले पौष ३ गते संचालकहरुको चयन बाहेक अन्य एजेण्डाहरुमा छलफल गर्ने भएको छ । बैंकले यस साधारण सभामार्फत शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गर्नेछ । बैंकले बोनस शेयर प्रयोजनका लागि कार्तिक १३ देखी ३० गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गरेको थियो ।

१५ प्रतिशत बोनस शेयर जारी पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *