Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआरएनए र एफएनसिसिआइ बिच भेटवार्ता

एनआरएनए र एफएनसिसिआइ बिच भेटवार्ता

काठमाडौं, ११ मंसिर । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस भेटघाटमा संघको सचिवालय नागपोखरीमा सर्न लागकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिका जानकारी अध्यक्ष भट्टले गराएका थिए ।

कार्यक्रममा अध्यक्ष भट्टले गैरआवासीय नेपालीहरूको क्षमता र प्रतिभालाई नेपालको विकासमा उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको हितलाई संरक्षणमा गैरआवासीय नेपाली संघ र नेपाल उद्योग वाणिज्य महासंघ बिच सहयोगी सम्बन्ध रहेको बताए । गैरअवासीय नेपाली संघ नेपालमा दर्ता हुन लामो समय लागेको सन्दर्भमा महासंघले प्रदान गरेको संरक्षण र सहयोगप्रति अध्यक्ष भट्टले कृतज्ञता प्रकट गरे ।
अध्यक्ष भट्टले आर्थिक समृद्धिका लागि दुवै संस्था मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउँदै लगानीका क्षेत्र पहिचान गर्न निकट भविष्यमा नै एक लगानी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिए ।

महासंघका अध्यक्ष भवानी राणाले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गर्दे भविष्यमा यस सहकार्यलाई अझ दिगो पार्दै लैजाने बताए। आगामी दिनहरुमा दुवै संस्थाहरुले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाली उद्योग वाणिज्य महासंघ र एनआरएनए अध्यक्ष लगायत महासंघका उपाध्यक्षद्वय उमेश लाल प्रधान र चन्द्र प्रसाद ढकाल, गैरआवासीय नेपाली संघका सचिव डि.बी क्षेत्री, महिला संयोजक रजनी प्रधान, युरोपका उपक्षेत्रीय संयोजक गोविन्द प्रसाद गौंतम,युकेका आइसिसि सदस्य शान्ति कुवँर थापा, युएसएका गैरआवासीय नेपाली शिशिर भट्ट, महासंघका महासचिव सुरेशमान श्रेष्ठको सहभागिता रहेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x