Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

काठमाडौं २४ इतुंवहालमा इतुंबहाःया कुलदेवता घर निर्माण गरिने

काठमाडौंं, ७ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ९८ लाख १ हजार ५८ रुपैयाँ ५८ पैसामा निर्माण हुन लागेको इतुंबहाःया कुलदेवता घरको शिलान्यास गरेका छन् ।

काठमाडौं वडा २४ इतुंवहालमा रहेको पारावत महाविहारको कुल देवता घर पुनर्निर्माणका लागि महानगरका प्रमुख शाक्यले शुक्रबार शास्त्रीय विधि र साइत अनुसार शिलान्यास गरेका हुन् । १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको देगु द्योछेँ पुनर्निर्माणका प्रतिस्पर्धामा श्री इन्द्रायणी ए टु जेड जेभिले ९८ लाख १ हजार ५८ रुपैयाँ ५८ पैसा पुननिर्माण ठेक्का पाएको हो । भवन अबको १८ महिनामा निर्माण सम्पन्न जनाईएको छ ।

कार्यक्रममा महानगरका प्रमुख शाक्यले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता अमूल्य सम्पत्तिको बचाउन कसैसँग आर्थिक सहयोगको अपेक्षा नगर्ने बताए । आफ्ना क्षेत्रमा भएका सम्पदा जोगाउने श्रोत महानगर आफैंले व्यर्होन शाक्यको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x