Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

गतसाता सेयर बजारमा १४.२१ अंकको गिरावट

गतसाता सेयर बजारमा १४.२१ अंकको गिरावट

काठमाडौं, ८ मंसिर । गत साता सेयर बजारमा निकै उत्तार चढाव देखियो । पाँच कारोबार दिन मध्ये एक दिन मात्र बढेको बजार समग्रमा १४.२१ प्रतिशले ११८१.२४ को बिन्दुमा झरेको छ ।

कारोबार शुरु भएको पहिलो दिन आईतबार १०.१४ अंकले घटेर ११९५. ४५ बिन्दुमा बन्द भएको थियो । त्यस्तै कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार १.१४ अंकले घटरे ११८१.२४ बिन्दुमा कारोबार बन्द भएको थियो । यो साता कारोबार भएका ५ दिनमा बुधबार भने सेयर बजार झिनो अंकले बढेको थियो । बुधबार बजार १ अंकले बढेर ११८२.७४ विन्दुमा बन्द भएको थियो ।

गत साता सेयर बजारमा सबै भन्दा बढी कारोबार नविल बैंकको भएको छ । कारोबार भएको ५ दिनमा २ दिन कारोबारमा अग्र स्थानमा नबिल बैंक रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x