Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बंगलादेशसँगको व्यापारघाटा कम गर्न तिर सरकार

बंगलादेशसँगको व्यापारघाटा कम गर्न तिर सरकार

काठमाडौं, ८ मंसिर । राजस्वसचिव शिशिर ढुंगानाले नेपालको बंगलादेशसँगको व्यापार घाटालाई कम गर्न सरकार लागिपरेको दाबी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा नेपाल–बंगलादेश आर्थिक सम्बन्धका सन्दर्भमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

बंगलादेशसँगको व्यापार घाटालाई कम गर्न बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता गरिएको र यसको कार्यान्वयनको चरण सुरु भएपछि व्यापार घाटा सन्तुलनमा आउने उनले बताए ।
नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्सले व्यापार, लगानी र पर्यटनको विकासका लागि संस्थागत व्यवस्थापन महत्वपूर्ण हुने कुरामा जोड दिइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी गर्नलाई नेपाल ‘भर्जिन ल्यान्ड’ भएको र सबैभन्दा उपयुक्त वातावरणसमेत भएकाले बंगलादेशबाट नेपालमा हुने लगानी वृद्धि गर्नलाई सहयोग गर्न उनले अनुरोध गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x