Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, ९ मंसिर । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट १८.२५ प्रतिशत बोनस वितरण गरे पश्चातको कायम भएको ३ अर्ब ६ करोड ४६ लाख ६० हजार १ सय २३ रुपैयाँको २० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

बैंकको संचालक समितिले प्रस्ताव गरेको १८.२५ प्रतिशत बोनस राष्ट्र बैंकको अनुमति पश्चत बैंकको मंसिर २९ गतेको बार्षिक साधारण सभाले पारित गर्ने जनाइएको छ । बैंकले उक्त बोनस सेयरमा लाग्ने ०.९६ प्रतिशत कर पनि लाभांसमा दिने भएको छ । साधारण सभा गर्न बैंकले मंसिर १८ गते देखि बुक क्लोज गर्ने छ । मंसिर १७ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित बोनस तथा नगद लाभांशको हकदार हुनेछन् । सभा सिटी स्क्वायर, न्यूरोड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

मुक्तिनाथले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x