समता माइक्रोफाइनान्सको हकप्रद हितग्राही खातामा
काठमाडौं, ९ मंसिर । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद सयर हितग्राही खातामा जम्मा गरेको छ। असार ११ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा हकप्रद सयर जम्मा भएको हो ।
त्यस्तै असार ११ गते पछि आभौतिकीकरण गराएका सेयरधनीको हकमा सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा हुने व्यवस्था रहेको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीले सेयर आभौतिकीकरण गराई हकप्रद सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्नेछन् ।