Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपाललाई एडीबीको थप १५० मिलियन डलर ऋण सहायता

नेपाललाई एडीबीको थप १५० मिलियन डलर ऋण सहायता

काठमाडौं, १० मंसिर । एसियाली विकास बैंक (एडीबी) ले नेपालका दुईवटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले आज यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एडीबीले नेपालको ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र विद्युतीय प्रशारणलाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउनेछ । यसमध्ये १ सय ३० मिलियन अमेरिकी डलर ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारणलाइन परियोजनाका लागि खर्च हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x