Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

झन्झटिलो प्रकृयाका कारण घट्दो वैंदेशिक लगानी

झन्झटिलो प्रकृयाका कारण घट्दो वैंदेशिक लगानी

काठमाडौं,११ मंसिर । अघिल्लो बर्ष भन्दा यस चालु आर्थिक बर्षमा बैंदेशिक लगानि घटने देखिएको छ । चालु आर्थिक बर्षको चौमासिक अवधिकमा गत बर्ष यसै अवधिमा भन्दा झण्डै ३० प्रतिशतले कमि आएको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुशार चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशीक लगानीको मात्रा २ सय ७५ अर्व रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म करिव साँढे ६ अर्व रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ । तर गत बर्षको यही अवधीमा भने ९ अरव रुपैयाँको प्रतिवद्धता आएको थियो । लगानी प्रतिवद्धता उत्पादन भन्दा पनि सेवा मुखी उद्योगहरुका लागि लागानि प्रतिवद्ता बढी छ ।

लगानी रकम घटेको भएपनि लगानीको लागि तयार विदेशी उद्योगहरुको संख्या भने गत वर्षको भन्दा १८ प्रतिशतले वढेको छ । गत बर्ष १ सय २३ वटा उद्योग निर्माण गर्ने विदेशी प्रतिवद्धता रहेकोमा यसपाली १ सय ४५ वटाले लागानीको प्रस्ताव आएको छ । राजनीतिक स्थाइत्व भएपनि प्रकृयागत जटिलता सुधार हुन नसक्दा लगानि कम भएको निश्कर्ष निकाल्दै चौमासिक समिक्षामा प्रकृयागत जटिलता फुकाउन पर्ने जोड दिइएको थियो ।

त्यसो त सरकारले बैदेशिक लगानीका लागि उद्योग तथा लगानी प्रवर्धन वोर्ड सम्बन्धी व्यवस्था गरेको छ । वोर्डले यसले २ अर्ब भन्दा माथि १० अर्ब सम्म लगानी स्वीकृत गर्न सक्ने ब्यवस्था छ । त्यस्तै १० अर्ब वा सो भन्दा माथि पुँजी भएको परियोजनामा बैदेशिक लगानी ल्याउने स्वीकृति लगानी वोर्डले दिन्छ । यता यि निकायले मात्र स्वीकृति दिएर नभई नेपाल राष्ट्र बैंकको पनि स्वीकृति चाहिन्छ । खास गरि नेपाल राष्ट्र बैंकले बैदेशिक मुद्राको विनिमय गर्ने र पैसा बैंकिङ प्रणाली बाट आउने भएपनि बैध वा अबैध भए नभएको अध्ययन गर्ने ब्ययवस्था छ ।

व्यवसायीहरुले भने बैंकिङ प्रणालीबाट आएको पैसालाई बैध या अबैध के छ भनेर हेरिरहनु नपर्ने तर्क गर्दै यसका कारण नै बैदेशिक लगानी घटने गरेको बताउछन् । व्यवसायीहरुले आफ्नै पहलमा ल्याएको बैदेशिक लगानीमा निकै झण्झटिलो प्रकृया पुरा गर्नु परेकाले यसमा लामो समय लाग्ने भएकाले लगानी फिर्ता जाने गरेको ब्यवसायीको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x