Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लागू हुँदै सामाजिक सुरक्षा योजना कार्यक्रम, सरकार भन्छ नयाँ युगको शुरुवात

लागू हुँदै सामाजिक सुरक्षा योजना कार्यक्रम, सरकार भन्छ नयाँ युगको शुरुवात

काठमाडौं,११ मंसिर । सरकारले आजबाट योगदानमा आधारित सामजिक शुरक्षा योजना कार्यक्रम लागू गर्दै छ । समाजिक शुरक्षा योजनका  ‍ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकैपटक कार्यक्रम लागू भएको घोषणा गर्दैछन् । यस्तै घोषणलाइ पहिलो समाजिक सुरक्षा दिवसको रुपमा मनाउन अनुरोध गरिएको छ । होलिङ् बोर्ड र पत्रपत्रिकाको पहिलो पेजमा प्रधानमन्त्रीको फोटो सहितको पुरै पृष्ठ छोप्ने गरी विज्ञापन दिएको छ । जसमा नयाँ युगको सुरुवात भनेर लेखिनुका साथै हिजो संविधानमा उल्लेख गरिएको प्रतिवद्धता कार्यान्वयन गर्ने दिन आएको उल्लेख गरिएको छ । “हिजो संविधानमा भन्यौ समाजिक सुरक्षा, श्रमिकको मौलिक हक। बजेटमा बाचा गर्यौ एकिकृत समाजिक सुरक्षा, हाम्रो प्राथिकता । आज पुरा गदैंछौ बाचा लागु हुँदैद्ध समाजिक सुरक्षा ।

यस्तै पहिलो   सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका छन् ।

सन्देशमा ‍आजदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा  प्रवेश गर्न लागेको पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

के छ समाजिक सुरक्षा योजना कार्यक्रममा ?

श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी कार्यक्रमको समावेश गरिएको छ । समाजिक शुरक्षा योजनका कार्यक्रममा सहभागिता, योगदान र सामाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा कार्यक्रममा हरु समेटिएका छन्। अब श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा श्रमिकले यो सुविधा पाउने छन् ।

नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ। सोहि कार्यान्वयनका लागि सरकारले भदौको अन्तिमा साता कानुन निर्माण गरेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x