Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बाणिज्य प्रवर्द्धन सम्बाद परिषदको सचिवालय स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

बाणिज्य प्रवर्द्धन सम्बाद परिषदको सचिवालय स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री के पी शर्मा ओलीले एक महिना भित्रै उद्योग बाणिज्य प्रवर्द्धन सम्बाद  परिषदको सचिवालय स्थापना गर्न निर्देशन दिएका छन् । उद्योग बाणिज्य प्रवर्द्धन सम्बाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन । यस्तै प्रधानमन्त्री ओलीले सरकार उद्योगीहरुलाई अनुकुल वातावरण बनाउन प्रतिवद्ध रहेको बताउदै  छआवश्यक सेवा सुविधा तथा सहुलियत दिन सरकार सदैव तत्पर रहेको उल्लेख गरेका छन्  ।

“परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन ” प्रधानमन्त्री ओलीले भने “खनिज पदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ । ”प्रधानमन्त्री ओलीले दुई तिहाइ वहुमत सहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गरे ।  “बहुमतले मात्र देशको विकास हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।”

देश निर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताउदै भने “ सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।”

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले  आग्रह गरे । “संसदको आगामी अधिवेशनमा संसोधन गर्नुपर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं । ”

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x