Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआई सी एशिया बैंकको थप २ नयाँ शाखा

एनआई सी एशिया बैंकको थप २ नयाँ शाखा

काठमाडौं, ११ मंसिर । एनआई सी एशिया बैंकको थप २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर र पाँचखाल ४ ,समाजकल्याण चोकमा बैंकले नयाँ शाखा संचालनमा ल्याएको हो

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६६ शाखा कार्यालयहरु, २ सय ७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २ सय १० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १ सय ४३ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल सम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x