माथिल्लो तामाकोशीको सबै आवेदकलाई ४० कित्ताका दरले सेयर
काठमाडौं, १२ मंसिर । माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड भएको छ । यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
न्यूनतम ४० कित्ता बाँडफाँट गरिसकेपछि बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयर फेरि गोलाप्रथाबाट बाँडाफाँट भएको छ । रितपूर्वक दिएका मध्ये १ लाख ७२ हजार ७७५ जनालाई ग्रोलाप्रथाबाट १० कित्ता थप गरिएको छ ।
१ लाख ६१ हजार ३०० जना आवेदकले ४० कित्ताका दरले र १ लाख ७२ हजार ७७५ जनाले ५० कित्ताको दरले सेयर पाएका छन् । यो आइपीओमा ५ हजार ७०० जनाको आवेदन रद्द भएको छ । कुल १२ लाख ९८ हजार ९५० कित्ताका लागि परेको आवेदन रद्द भएको हो ।
माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।