Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एडीबीको टेण्डर आह्वानप्रति निर्माण व्यवसायीको आपत्ति

एडीबीको टेण्डर आह्वानप्रति निर्माण व्यवसायीको आपत्ति

काठमाडौं, १२ मंसिर । ठुला आयोजना निर्माणमा एशियाली विकास बैंक (एडीबी) आफैले टेण्डर आह्वान गर्न थालेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । नेपाली निर्माण व्यवसायी सहभागी नै हुन नपाउने गरी मापदण्ड बनाएर टेण्डर आह्वान गरिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

सडक विभाग आयोजना निर्देशनालयले विदेशी साझेदारसँग ‘जोइन्ट भेन्चर्स’कारुपमा काम गर्दा र एडिबीको अनुदान तथा ऋण सहयोगमा सन्चालित परियोजनाहरुमा पूरा गर्नुपर्ने मापदन्ड नेपाली निर्माण व्यवसायीले पूरा गर्नै नसक्नेखालको बनाइएको महासंघका अध्यक्ष रबि सिंहले बर्ता । सरकारले विवेक नपुर्‍याइ गरेको सम्झौताको कारणले गर्दा विकासात्मक कार्यमा सहभागी हुन नपाएको भन्दै व्यवसायीहरुले आपत्ति जनाए । प्रावधान सच्याएर नेपाली व्यवसायीलाई पनि सहभागी गराउने वातावरण बनाउन पनि उनले माग गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x