फ्रष्ट माइक्रोफाइनान्सले हकप्रद निष्कासनका लागि दियो निवेदन

काठमाडौं, १२ मंसिर । फ्रष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । लघुबित्तले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डमा निवेदन दिएको हो ।

फ्रष्ट माइक्रोफाइनान्सले २२ करोड ८१ लाख ३१ हजार तिन सय रुपैयाँ बराबरको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *