उपत्यकाको सवारी संचालनमा जोर विजोर प्रणाली लागू
काठमाडौं, १३, मंसिर । एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन जोर बिजोर प्रणाली लागु गरिएको छ ।
शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन विहिबारबाट आइतवार सम्म यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।
बिहीबार र शनिबारका दिन अर्थात १३ र १५ गते बिजोर सवारी र शुक्रबार तथा आइतबार अर्थात १४ र १६ गते जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने महाशाखाले सूचना जारी गरेर जानकारी दिएको हो । यद्यपी अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।