Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जिएमआरले चीनियाँ कम्पनीलाई बेचेको माथिल्लो मर्स्याङ्दीमा संसदको चासो

जिएमआरले चीनियाँ कम्पनीलाई बेचेको माथिल्लो मर्स्याङ्दीमा संसदको चासो

काठमाडौं,१२ मंसिर । भारतीय निर्माण कम्पनी जिएमआरले निर्माणको जिम्मा लिएको माथिल्लो मस्र्याङ्दी  आयोजना चिनियाँ कम्पनीलाई बेचेको भन्ने विषयमा संसदको अर्थ समितिले चासो देखाएको छ । यस विषययमा सत्य तथ्य के हो अध्ययन गर्नको समितिले  उपसमिति गठन गरेको छ। भारतीय निर्माण कम्पनी जिएमआरले निर्माणको जिम्मा लिएर अर्को देशको कम्पनीलाई दिदा पर्ने प्रभाव र यस्ता कम्पनीलाई आबश्यक कारबाही गर्नको लागि समेत उपसमितिलाइ अधिकार दिइएको छ ।

सांसद घनश्याम भुसालको संयोजकत्वमा गठन गरिएको उपसमितिमा रामकुमारी झाँक्री, रामकुम यादवलगायत पाँचजना सदस्य छन् । समितिले जिएमआरले चिनियाँ कम्पनीलाई दिए वा नदिएको, दिदाँ कुन आधारमा दिएको लगातका विषयमा अध्ययनको लागि १५ दिनको समय दिएको छ। एउटाले निर्माण जिम्मा लिएर त्यस्तै जलविद्युत आयोजना बिकासमा भएको ढिलाई र विकासको लागि गर्नु पर्ने कामको विषयमा समेत जिम्मेवारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x