Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रसुवागढी तथा साञ्जेन जलविद्युत कम्पनीलाई सर्वसाधारणलाई शेयर विक्रि गर्न बाटो खुल्ला  

रसुवागढी तथा साञ्जेन जलविद्युत कम्पनीलाई सर्वसाधारणलाई शेयर विक्रि गर्न बाटो खुल्ला  

काठमाडौं,१४ मंसिर । जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी यो व्यवस्था गरिदिएको हो । अब प्रभावित क्षेत्रकालागि भन्दा अघि आम नगरिकलाइ सेयर विक्रि खुल्ला गरिने छ ।

रसुवागढी तथा साञ्जेन जलविद्युत कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो तर रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरु साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको भन्दै बोर्डलाई विशेष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले अब कूल पूँजीको १५ प्रतिशतका दरले हुने साधारण शेयर आम सर्वसाधारणलाई पहिला बिक्री गर्नेछ । त्यसपछि मात्रै आयोजना प्रभावित रसुवावासीलाई बिक्री गरिनेछ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x