हटाइयो जोर विजोर प्रणाली
काठमाडौं, १४ मंसिर । एसिया प्यासेफिक समिटका लागि सरकारले १३ गतेबाट १६ गते सम्म लागू गरेको जोर विजोर प्रणाली हटाएको छ । गृहमन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महासाखाले जानकारी गराएको छ । काठमाडौै उपत्याकामा जोर विजोर प्रणाली लागु गरेपछि यात्रुहरुले सास्ती भोग्नु परेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो । जोर विजोर प्रणाली हटाएपनि पाउनाहरु ओहोर दोहोर गर्ने बाटोमा सवारी साधन एकतर्फी संचालन हुुने भन्दै रुट परिवर्तन गर्न महासाखाले जानकारी गराएको छ ।