Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

नबिल बैंकको भिसाकार्डमा क्यास ब्याक योजना

नबिल बैंकको भिसाकार्डमा क्यास ब्याक योजना

काठमाडौं, १४ मंसिर । नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास ब्याक” योजना सुरु गरेको छ । क्यास(ब्याक योजना अन्तर्गत नबिल बैंकको भिसाकार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएसबाट प्रत्येक पटक कारोबारको १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ नगदै फिर्ता पाउने बैंकले जनाएको छ ।

बैंकले भिसा कार्ड वाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिन उक्त योजना ल्याएको जनाइएको छ । साथै सो योजनाले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास बैंकको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *