Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बाग्लुङदेखि मुस्ताङसम्मका जनताले अव टिकट काट्न काउन्टर धाउनु नपर्ने

बाग्लुङदेखि मुस्ताङसम्मका जनताले अव टिकट काट्न काउन्टर धाउनु नपर्ने

काठमाडौं, १६ मंसिर । प्रदेश नं. ४ स्थित धौलागिरी यातायात समितिको टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् ।

धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो । साधारण सभामा संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको बताए ।

यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x