प्रधानमन्त्री ओलीलाई १ लाख डलर रासीको लिडरसीप एण्ड गुड गर्भनेन्स सम्मान
काडमाडौं,१६ मंसिर । युनिभर्सल पिस फेडरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख अमेरेकी डलर रासी रहेको “लिडरसीप एण्ड गुड गर्भनेन्स अवार्ड” प्रदान गरेको छ । प्यासेफिक सम्मेलनको अन्तिम दिन आज फेडरेशनकी संस्थापक डा. हक जा हान मुनले सो सम्मान प्रदान गरिन । प्रधानमन्त्री ओलीको कुशल नेतृत्व र सुशासन कायम राख्नका लागि उहाँले खेलेको महत्पूर्ण योगदान कदर सरुप उक्त अवार्ड प्रदान गरेको आयोजकले बताएका छन्।
अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त सम्मान सम्पूर्ण नेपालीहरुको रहेको भन्दै सम्मानको एक लाख डलर रकम बालबालिका र युवाहरुको क्षमता विकासका लागि कोष बनाएर सदुपयोग गर्ने बताए। प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताउदै सुशासन बिना विकास सम्भव नहुने उल्लेख गरे । उनले देशले राजनीतिक स्थाइत्व प्राप्त गरिसकेकाले लोकतन्त्रलाइ सार्थक बनाउन कुनै धब्बा नलगाइ पारदर्शी बनेर काम गर्न कार्यक्रमा उपस्थित मेयरहरुलाई निर्देशन दिए ।