Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजार झिनो अंकले सुधारिदा ६३ करोडको कारोबार

सेयर बजार झिनो अंकले सुधारिदा ६३ करोडको कारोबार

काठमाडौं, १७ मंसिर । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा झिनो अंकले सुधार आएको छ । हिजो १७ अंकले घटेको बजार आज उतार चढावका बीच ०.९० अंकले बढेर ११३१ को बिन्दुमा अडिएको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । हिजो ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १ सय ५६ कम्पनीको ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । धैरै कमाउनेमा विजया लघुवित्त वित्तिय संस्थानका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा राइराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

विकास बैंक ४.७, नीर्जीवन बीमा ९२.१, जीवनबीमा १३.५७ र अन्य समूहको परिसूचक ०.४३ अंकले बढेको छ । होटल समूहको २.०४, हाइड्रोपावर २.१७, फाइनान्स १.८२, उत्पादन तथा प्रशोधन ९.२१ र माइक्रोफाइनान्स समूहको परिसूचक भने ८.३१ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x