Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रस्तावित पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली, अध्यक्षले गरे स्वागत

प्रस्तावित पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली, अध्यक्षले गरे स्वागत

काठमाडौं, १७ मंसिर । प्रस्तावित पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियूक्त भएका छन् । बैंक संचालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गर्ने निर्णय गरेको हो ।

आज संचालक समितिका अध्यक्ष डा. विमल कोइरालाले ज्ञवालीलाई खादा लगाएर स्वागत गरेका छन् । उनको दुई वर्षको कार्यकाल हुने छ । नविल बैंक, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालि सकेका ज्ञवालीसँग ३३ वर्षको बैंकिङ अनुभव छ ।

बैंकले अझै स्विकृती पाएको  छैन । तर राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत नियूक्ती गरेर अन्य लगायतका अन्य प्रक्रिया पुरा गर्न भने अनुसार उनलाई नियुक्त गरिएको बुझिएको छ ।

बैंकको चुक्ता पूँजी २० अर्व रुपैयाँ हुने छ । बैंकको नेतृत्व तहमा सरकारी सहित उच्च तहका व्यवसायीक घरानाको संलग्नता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x