ज्योती विकास बैंको चार नयाँ शाखा

काठमाडौं, १७ मंसिर । ज्योति विकास बैंकले रुपन्देहीको भैरहवा, पडसरी, अमवा र कपिलवस्तुको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो वित्तिय सेवा विस्तार अन्तर्गत एकै दिन चारबटा शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले हिजो मात्रै नवलपरासीको कावासोतीमा पनि कार्यालय संचालनमा ल्याएको थियो ।

यो सँगै बैंकको कुल शाखा संजाल ८४ वटा पुगेको छ। आगामी दिनमा अन्य स्थानमा पनि थप शाखा विस्तारसँगै जाने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *