तेस्रो संस्करणको चेम्बर एक्सपो

काठमाडौं, १४ मंसिर । नेपाल चेम्बर अफ कमर्सले तेस्रो संस्करणको नेपाल चेम्बर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबारदेखि हुन लागेको मेलामा नेपाल सहित भारत, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानका २२५ स्टल रहने चेम्बरले जनाएको छ ।

कोरियाका २३ र थाइल्यान्डका १५ ओटा स्टलहरुसमेत रहनेछन् । आर्थिक, औद्योगिकरण एवं वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि मेलाको आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

मेलामा अटोमोबाइल, विद्युतीय सामग्री, फ्लोरिङ तथा फर्निसिङ, घरायसी प्रायोजनका सामग्री, फेसन वेयर तथा एसिसेरिज, मोबाइललगायतका उत्पादन रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *