Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजार १२.२६ अंकले बढ्यो

सेयर बजार १२.२६ अंकले बढ्यो

काठमाडौं, १३ मंसिर । बुद्यबार सेयर बजार १२.२६ अंकले बढेर १५३६.१२ बिन्दुमा चढेको छ । आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३२.१२ अंकले ऋणत्मक रहेपनि बाँकी अरु सबै परिसूचक सकारात्मक रहे ।

बैंकिङ समूहको ८.५९, व्यापार २.८८, होटल ५१.३९, विकास बैंक १३.२२, हाइड्रोपावर ९.६१, फाइनान्स ५.६४, इन्स्योरेन्स १००.२५, माइक्रोफाइनान्स ४१.६२ र अन्य समूहको परिसूचक ३.१८ अंकले बढेको छ ।

यस दिन १६३ कम्पनीको १ अर्व ४६ करोड रुपैयाँ बराबरको करोबार भएको थियो । जसमा बुटबल पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । त्यस्तै त्यसदिन नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने हिमालयन डिष्टलरिका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x