ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल

काठमाडौं, १३ मंसिर । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियूक्त गरिएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृत पौड्याललाई ४ वर्षका लागि नियुक्त गरिएको जानकारी दिइएको हो ।

यसअघिका सीईओ अनिल ज्ञवालीले २ वर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि भदौ २९ गतेदेखि उनी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  उनी ग्लोबल आईएमईमा सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए । नबिल बैङ्कबाट सन् १९८७ करिअर सुरु गरेका पौड्यालसँग बैंकिङ क्षेत्रमा ३० वर्ष काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *