Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

माथिल्लो तामकोशीको आयोजनामा भएको ढिलाइबारे उर्जा मन्त्रीले जवाफ मागे  

माथिल्लो तामकोशीको आयोजनामा भएको ढिलाइबारे उर्जा मन्त्रीले जवाफ मागे  

काठमाडौं, १७ मंसिर  एकसाता भित्र खाका बुझाउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामकोशीको आयोजनामा भएको ढिलाइबारे चासो ब्याक्त गर्दै  के कारणले आयोजना ढिलाइ भएको छ  ? र कसरी काम अगाडी बढाउन सकिन्छ भन्ने विषयमा एक साता भित्र स्पष्ट खाँका ल्याउन निर्देशन दिएका छन् ।

मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, आयोजना प्रमुख विज्ञान श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि टेक्सम्याको रेलवे इन्जिनियरङलाई मन्त्रालय बोलाएर यस्तो निर्देशन दिएका हुन ।

उनले तत्काल कामलाइ गति दिने गरी समय सिमा सहितको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अघि बढाउने खाका सात दिन भित्र मन्त्रालयमा बुझाउन निर्देशन दिए  ।  सरोकारवाला सँगको छलफलमा उनले अब समयमा थप गर्न पनि नसकिने र गुणस्तरमा पनि सम्झौता नगरिने  स्पष्ट पारे ।

समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भएपनि प्रक्रिया अघि बढाउने चेतावनी समेत मन्त्री पुनले दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *