चिन र दुवाईमा हुने इन्टरनेसनल होर्टिकल्चलर एक्पोमा नेपाल सहभागी हुदै

काठमाडौं, १८ मंसिर । चिनमा हुने इन्टरनेसनल होर्टिकल्चलर एक्पो २०१९ मा नेपालले पनि सहभागी हुने भएको छ । नेपाल सरकार र होटल एशोसियसन अफ नेपाल (हान) को सहकार्यमा उक्त एक्पोमा नेपालको विभिन्न धार्मिक तथा पौराणिक महत्वका सम्पदाहरुको नमुना प्रदर्शनी गर्ने भएको हो ।

यस्तै सन् २०२० मा दुवाईमा हुन गैरहेको होर्टिकल्चलर एक्पोमा पनि नेपालको सहभागीता हुने जनाईएको छ । संसार भरिका करिब २०० भन्दा बढी मुलुकहरुको सहभागीता रहने सो एक्पोमा नेपालको प्रतिनिधित्व हानले गर्ने भएको छ । चिन र दुवाईमा हुने एक्पोमा नेपालको सहभागीले नेपालको पर्यटन, उद्योग, विकासका पुर्वाधार तथा आर्थिक विकासमा सहयोग पुग्ने विस्वास हानको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *